सिन्धुली, १४ बैशाख । जिल्लाको कमलामाई नगरपालिका ९ भिमानबाट नियन्त्रित लागुऔषधसहति एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ५०४९ नम्बरको हाइसलाई प्रहरीले जाँच गर्ने क्रममा सप्तरी कन्चनरुप नगरपालिका ४ बस्ने २१ वर्षीय सन्तोष हलुवाईलाई पक्राउ गरेको हो ।
नाईट्राभेट ४१६ पिस, नाईट्रोसन १०५ पिस, स्पास्मो प्रोक्सिभन ८० पिस, अवैध लागुऔषध गाँजा ९३ ग्राम २२० मिलिग्राम र ३ पिस लागुऔषध जस्तो देखिने ट्याब्लेटसहित सप्तरी कन्चनरुप नगरपालिका ४ बस्ने २१ वर्षीय सन्तोष हलुवाईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेक परह्रिले जनाएको छ ।