हिमाल आरोहणमा जीपीएस लागू गर्ने तयारी

काठमाडौँ, १४ बैशाख । सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ। दुई वर्षअघि नै जीपीएस ट्रयाकिड लागू गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै पर्यटन विभागले जारी सिजनमा परीक्षण गर्न लागेको हो ।

हिमाल आरोहण पारदर्शी बनाउन र आरोहणका लागि मापदण्डको आधार तय गर्न जीपीएस लागू गर्न लागिएको विभागले जनाएको छ। पाइलट प्रोजेक्ट अन्तर्गत विभागले २० वटा डिभाइस खरिद गरेको र जारी सिजनमा नै पाइलट प्रोजेक्टको रूपमा अगाडि बढाउन खोजेको विभागका निर्देशक मोहन जिसीले बताए । विभागले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर ०७७ असारमै डिभाइस ल्याएको थियो । जीपीएस लागू भएसँगै हिमाल आरोहणमा हुने गलत अभ्यास रोक्न मद्दत पुग्ने विभागको विश्वास छ ।

आरोहण दलमा जाने आरोहीलाई जीपीएस सिस्टमको डिभाइस उपलब्ध गराए आरोहण पठाउने विभागको तयारी छ । जसले गर्दा आरोहण भए-नभएको, आरोहण टोलीको वस्तुस्थिति पत्ता लगाउन विभागलाई सहज हुनेछ । डिभाइसकै माध्यमबाट आरोही हराएको अवस्थामा उद्धार गर्न तथा आरोहणका नाममा हुने गलत अभ्यासलाई रोक्न सहयोग गुने विभागले जनाएको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय