आजको मौसम

काठमाडौँ, १४ बैशाख । देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । 

त्यस्तै आज राति गण्डकी प्रदेशको उच्च पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशको प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने विभागले जनाएको छ ।  यसैबीच, तापक्रम बढ्ने क्रममा रहेकाले सचेत रहन पनि विभागको आग्रह छ । तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मुस्ताङ, १७ जेठ । घरपझोङ गाउँपालिका–४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका–४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा

सिन्धुली, १७ जेठ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । प्रहरीका अनुसार

चितवन, १७ जेठ । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका

काठमाडौँ, १७ जेठ । तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ ? तपाईंका बच्चा