टिकट चाेर उम्मेदवारले दलमा खैलाबैला

काठमाडौँ, १४ बैशाख । एउटा पदमा एउटै दलबाट दुईजना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली काँग्रेसलाई तनाव थपिएको छ। थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई जनाको उम्मेदवारी परेको छ। नीलकण्ठ नगरपालिका-९ वडाध्यक्षमा काँग्रेसका राजन बराइली र रामहरि लम्सालले मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट थाक्रेको अध्यक्षमा मनोनयन दर्ता गराएका पन्त र आचार्य दुवै जनाले पार्टीको आधिकारिक टिकटबाटै मनोनयन दर्ता गराएका हुन् । फरक यत्ति हो, पन्तले जिल्लाको संयन्त्रबाट आधिकारिक टिकट लिए, आचार्यले प्रदेश कमिटीबाट ल्याए। अझ रोचक त के छ भने, जिल्ला संयन्त्रबाट आधिकारिक टिकट लगेर पन्तले मनोनयन दर्ता गरिसकेको आचार्यले थाहै पाएका रहेनछन् । आफ्नो मनोनयन निर्वाचन आयोगको सफ्टवयरले नलिएपछि मात्रै थाहा पाएका रहेछन्। एउटै पदमा एउटै दलका दुईजना उम्मेदवारको नाम निर्वाचन आयोगको सफ्टवेयरले लिँदैन। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत

काठमाडौँ, १९ चैत । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, १८ चैत । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा

काठमाडौँ, १८ चैत । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको