कपिलवस्तु, १३ वैशाख । कपिलबस्तुमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान नगरपालिका-४ गोपालपुरस्थित सडकमा यूपि ५५ एक्स ९१८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय पंचम अहिरको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।