नक्कली रक्सी बनाउने दुईजना पक्राउ

जनकपुरधाम, १३ बैशाख । ब्राण्डेड भनेर नक्कली मदिरा बनाएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाका प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ४३ वर्षीय गणेश साह र वडा नम्बर ११ बस्ने चन्दन कुमार साह रहेको छ । गणेश साहको घरमा प्रहरीले छापा मारेर विभिन्न ब्राण्डका नक्कली रक्सी, आन्तरिक राजश्व विभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हो, ग्यास सिलिन्डर, स्प्रिटको बोतल, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी र आन्तरिक राजश्व कार्यालयले प्रयोग गरेकोे स्टिकरको पछाडिको कागज समेत फेला परेको प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अवस्थामा प्रहरीले फेला पारेको छ । पिकअपमा सिग्नेचर लेखिएको नक्कली मदिरा ९ कार्टुन, खुल्ला रक्सी १ कार्टुन, स्प्रिट ६ कार्टुन, ब्लु डाईमण्ड १ कार्टुन, डार्क फोरेस्ट रक्सी १ कार्टुन, भट्टी चुलो १ थान, ग्यास सिलिन्डर १ थान र भारतीय रुपैयाँ १३ हजार ३० गरी कूल ३१ लख ७९ हजार ६५८ रुपैयाँ मूल्य बराबरको सामग्रीसहित बरामद गरी आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय