मोरङ, १३ बैशाख । जिल्लाको रतुवामाई नगरपालिका–३, छालगाछीबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
प्रहरीचौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा७६प ४६९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा
पथरी शनिश्चरे नगरपालिका–४ बस्ने ५३ वर्षीय खड्कप्रसाद सिलवाललाई पक्राउ गरेको हो । उनको साथबाट ६८८ ग्राम अवैध ब्राउनसुगर बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।