टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर, १३ बैशाख । भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति साढे १२ बजे थिमि नगरपालिकाको चारदोबाटोमा बा ४ ख ८५८१ नम्बरको टिपरले वाग्मती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रे घर भइ भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षका ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ ।

घाइते ठकुरीको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोहो । टिपर चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई