गठबन्धनमा सकस: कतै विद्रोह कतै एक्लाएक्लै, थप चुनौती

काठमाडौँ, १३ बैशाख । सत्तारुढ पाँच राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका थिए ।

तर सहमतिअनुसार अधिकांश ठाउँमा साझा उम्मेदवार खडा गर्न गठबन्धनका दलहरू असफल भएका छन् । कतिपय जिल्लाका पालिकाहरूमा गठबन्धनबीच भागबन्डा नमिल्दा दलहरूले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका दलहरूबीचमै कतिपय स्थानमा सबैलाईसँगै लैजान नसक्दा तीव्र असन्तुष्टि उत्पन्न भएको छ भने अर्कोतर्फ भागबन्डा मिलेका केही जिल्लामा आन्तरिक व्यवस्थापन नहुँदा बढेको असन्तुष्टिले बागी उम्मेदवार खडा भएका छन् ।

उनीहरूलाई व्यवस्थापन गरेर निर्वाचन परिणाम आफ्ना पक्षमा ल्याउन गठबन्धनका नेताहरूसामु थप चुनौती खडा हुने देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका

काठमाडौँ, ६ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२

काठमाडौँ, ६ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस