हुम्लाका सबै पालिकामा सत्ता गठबन्धनको बागी उम्‍मेदवार

हुम्ला, १२ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लाका सात स्थानीय तहमध्‍ये ६ पालिका अध्‍यक्ष र ७ उपाध्‍यक्षमा बागी उम्‍मेदवारी परेको छ ।

लामो अभ्यासपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच ७ वटा स्थानीय तहमा चुनावी गठबन्धन भएको थियो। जसमा माओवादीले हुम्लाका चंखेली, ताजाँकोट, खार्पुनाथ, नाम्खा गाउँपालिका अध्यक्ष तथा कांग्रेसले अदानचुली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा अध्‍यक्षको उम्‍मेदवारी दिने सहमति भएको थियो ।

तर सोमबार (आज) ताँजाकोट गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका कर्णाली प्रदेशका सह-सचिव लालकेश जैसीले मनोनयन दर्ता गरेका छन् । स्वतन्त्र अध्यक्षमा माओवादी केन्द्रकै गोपाल बुढा र अकबिर खडकाले उम्मेदवारी दिएका छन् । यस्तै गरी उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा गठबन्धनका उपाध्यक्ष हुन् । उपाध्यक्षमा बागि कांग्रेसका तिलकबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

यस्तै अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फ अध्यक्षमा कांग्रेसका मोहनबिक्रम सिहं र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकाया (सुधार) ले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेबाट अध्यक्षमा दल फडेरा र कांग्रेसबाट रुष्ट रहेको लोकन्द्रबहादुर भण्डारीले स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै चंखेली गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष माओवादी केन्द्रका गोविन्द्रबहादुर शाही, गठबन्धनकै उपाध्यक्षमा कांग्रेसकी मैना बुढाको उम्मेदवारी परेको छ । तर गठबन्धनबाट रुष्ट देखिएका प्यारीलाल शाहीले अध्यक्ष र माओवादी केन्द्रबाट रुष्ट देखिएका भैरव तामाङले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले र एकीकृत समाजवादीबीच चंखेली गाउँपालिकामा तालमेल भएको छ । एमालेबाट अध्यक्षमा बिमला कुमारी शाही र समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन्। यस्तै सर्केगार्ड गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्‍यक्षमा कांग्रेसका ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्कीले उम्‍मेदवारी दिएका छन् ।

यस्तै सोही गाउँपालिकामा गठबन्धनबाटै कांग्रेसका मानदेव शाही र माओवादी केन्द्रका अकिल बुढाको स्वतन्त्र उम्मेदवारी परेको छ । उपाध्यक्षमै स्वतन्त्रमा ज्योति शाहीले पनि उम्मेवारी दिएकी छन् । नेकपा एमालेबाट अध्यक्षान ज्ञामी बुमीले उम्मेदवारी दिएका छन्। यसैगरी खार्पुनाथ गाउँपालिका अध्‍यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कर्ण बहादुर रावल, स्वतन्त्रबाट बिरजङ शाही, माओवादी केन्द्रकी लक्ष्मी योगी रावल, एमालेका प्रकाश बहादुर शाहीले उम्‍मेदावरी दिएका छन् ।

त्‍यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेबाट अप्सरा हमाल, एकीकृत समाजबादीबाट शक्ति सिहं ऐडी, कांग्रेसका अंगबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सिमकोट गाउँपालिका अध्‍यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका विजय भण्डारी र  कांग्रेसकी शुसिला रोकायाले उपाध्यक्षमा उम्‍मेदवारी दिएकी छिन् । सोही गाउँपालिकामा कांग्रेसकै नन्दबहादुर शाहीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तैगरी उपाध्यक्षमा पनि कांग्रेसकै दीपबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

यस्तै नाम्खा गाउँपालिका अध्‍यक्षमा चार जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट माओवादी केन्द्रका प्रेमबहादुर लामा, कांग्रेसबाट स्वतन्त्रमा सूर्य लामा र कार्मा टुण्डुप लामा तथा कांग्रेसकै माया लामाले मनोनयन दर्ता गराएकी छिन् । यस्तै सोही गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट टर्सी लामाले मनोनयन दर्ता गरेका छन् । यता, एमालेले सोही गाउँपालिका उपाध्यक्षमा नोरजाङ तामाङको मात्रै मनोनयन दर्ता गरेको छ । अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुपाल्चोक, १२ जेठ । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले खोप

काठमाडौँ, १२ जेठ । काठमाडौँबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँ नागार्जुन नगरपालिका १० स्युचाटार

दैलेख, १२ जेठ । दैलेखमा बस दुर्घटना हुदा मृत्यु हुने चारै जनाकाे सनाखत भएको छ । प्रहरीका अनुसार कालिकोटबाट सुर्खेतका लागि छुटेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021