आयोगको अपडेट : ६१ हजारको मनोनयन दर्ता

काठमाडौँ, १२ बैशाख । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ६० हजार ९५० उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।

देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ९१४ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर) पदमा १ हजार १७३ जनाको मनोनयन परेको छ । त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ९४४ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । १३१९ जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् । स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या ३ हजार ८५८ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ४९२ छ ।

देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १५ हजार २८५ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या २० हजार ७३० छ । त्यस्तै ९ हजार ८९१ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ८ हजार ६९४ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् । विभिन्न ठाउँमा मनोनयन दर्ता गर्नेहरुको नाम अध्यावधकि गर्ने काम भइरहेको भन्दै आयोगले उम्मेदवार अझै बढ्ने् जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति