गठबन्धनलाई डबल मतले जित्छौंः केशव स्थापीत

काठमाडौँ, १२ बैशाख । नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाका उम्मेदवार केशव स्थापीतले आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले पाँच दलीय गठबन्धनलाई कम्तिमा डबल मतले जित्ने दावी गर्नुभएको छ ।

आज राष्ट्रिय सभागृहमा उम्मेदवार मनोनयन पछि पत्रकासँग कुरा गर्दै उम्मेदवार स्थापीतले विगतमा आफुले काठमाडौँ महानगरपालिकालाई परिवर्तनको इतिहास नै काफि रहेको उल्लेख गर्नुभयो । काठमाडौँलाई हराभर, शिक्षा, स्वास्थ्य, व्यवस्थित बसोवासलगायतका कुराहरुलाई अगाडी बढाई अबको रणनीतिक ढंगले एमाले अगाडी बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै एमालेबाट उपमेयरका उम्मेदवार सुनिता डंगोलले सांस्कृतिक सहर, काठमाडौँवासीको रहर बनाउने उल्लेख गर्नुभयो । आफुलाई एमालेले उपमेयरको उम्मेदवार बनाउनु पार्टीको मात्र नभई आम युवाहरु तथा महिलाहरुको लागि उच्च सम्मान रहेको उल्लेख गर्दै उहाँले निर्वाचनपछि रहर लाग्दो काठमाडौँ बनाउने अभियान चलाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ