आगो लगाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौँ, १२ बैशाख । कपनमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति पत्नीको हत्या आरोपमा बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित आकाशे धारा नजिक डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका प्रवीण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ४२ वर्षीय प्रविनले श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

अस्मिता सुतिरहेको अवस्थामा शरिरमा तारपिन तेल खन्याएर प्रविनले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । स्थानीयले घाइते अवस्थामा फेला पारेर अस्मितालाई उपचारको लागि शुष्मा मेमोरियल अस्पताल साँखुमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रको उमेदवार टुंगो लगाएको छ ।  राप्रपाका प्रवक्ता मोहन

काठमाडौँ, १९ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीपीडितको समस्यालाई समाधान गर्न भइरहेको कामबारे ब्रिफ्रिङ गरेका छन् । आजको

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख

काठमाडौँ, १९ चैत । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र