१० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ, १२ बैशाख । स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि साना दलका र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो।

निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समय तोकेकाले ठूला दलले अन्तिम समय कुर्दै मनोनयन दर्ता गरेका छैनन् । सत्तारुढ ५ दलीय गठबन्धनको भागबण्डा टुंगो लाग्न नसक्दा उम्मेदवारी दर्ता हुन नसकेको हो । मनोनयनको पहिलो दिन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतले उम्मेदवारी दर्ता गराएका छैनन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।