काठमाडौँ, १ बैशाख । थप ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ६ सय ३४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ सय ७९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६६ हजार २ सय ४ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।