आज नयाँ वर्ष, शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौँ, १ वैशाख । आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।  

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ ।

आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहाेरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्दछन्। आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ ।

नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ