सप्तरीमा हत्या आरोपमा ३ जना पक्राउ

सप्तरी, ३० चैत । हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ ।

रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।अपरिचित व्यक्तिले २०७८ चैत ७ गते हत्या गरेको भन्दै मृतकका बुबा ४७ वर्षीय मो. ताहिर मियाँले तत्कालै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कर्तव्य गरी मारेर पोखरीमा फालेको अवस्थामा मृतकको शव चैत ७ गते फेला परेको थियो । शवको पोष्टमार्टम चैत ७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । जिल्ला प्रहरी कार्यालयले चैत ७ गते उजुरी दर्ता गरी अनुसन्धान सुरु गरिरहेको थियो । 

शङ्कास्पद केही व्यक्तिलाई अभद्र व्यवहार र केहीलाई दैनिक हाजिरीमा राखेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले आज मात्र चार जनाविरुद्ध उजुरीसमेत दर्ता गरेको छ । जसमध्ये तीन जनालाई आज पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

स्याङ्जा, १२ जेठ । स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका

सिन्धुपाल्चोक, १२ जेठ । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले खोप

दैलेख, १२ जेठ । दैलेखमा बस दुर्घटना हुदा मृत्यु हुने चारै जनाकाे सनाखत भएको छ । प्रहरीका अनुसार कालिकोटबाट सुर्खेतका लागि छुटेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021