निर्वाचन आयोगले राजीनामाको व्यवस्था कायम राख्न माग गर्दै दियो सर्वोच्चमा निवेदन

काठमाडौँ, ३० चैत । निर्वाचन आयोगले जनप्रतिनिधिले पुन: स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

आयोगले जनप्रतिनिधिले निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा गरेको थियो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिटमा सर्वोच्चले ८ चैतमा आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले  महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो । उक्त निवेदनमाथि बुधबार नै सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

स्याङ्जा, १२ जेठ । स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका

सिन्धुपाल्चोक, १२ जेठ । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले खोप

दैलेख, १२ जेठ । दैलेखमा बस दुर्घटना हुदा मृत्यु हुने चारै जनाकाे सनाखत भएको छ । प्रहरीका अनुसार कालिकोटबाट सुर्खेतका लागि छुटेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021