चुनाव सार्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष ओली

काठमाडौँ, २९ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको बताए ।

उनले भने, ‘यो अपवित्र गठबन्धन, हेर्नुस्त षडयन्त्र, जालझेल गरेर परमादेशी सरकार अहिले पनि चुनाव सार्ने षडयन्त्र गरिरहेका छन्। चुनाव सारेर स्थानीय तह रिक्त गरिदिने । लोकतन्त्र रहन्छ?’,  ‘२०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले स्थानीय तह पनि रिक्त गराउनु भएको थियो। स्थानीय तह रिक्त गराउने उहाँनै हुनुहुन्थ्यो। शेरबहादुर देउवाजी, म तपाईँलाई भन्न चाहन्छु–त्यही गल्ती नदोहोर्‍याउनुस् ।’ ‘तपाईँका काँग्रेस इतिहासमा एक कोठी कार्यकर्ताले भन्लान्–असल सेवकहरु पाइएको हुनाले पाँचौं पटक प्रधानमन्त्री हुनुभयो। खेलाडी हुनु भो भनेर उहाँ खेलाडी होईन। अन्तैका खेलाडीहरुले उहाँलाई बनाएको हो। उहाँको रेकर्ड उहाँलाई खेलाउँदै लगेर भड्कालोमा हाल्ने रेकर्ड छ। उहाँले देशलाई प्रतिगमनमा पुर्‍याएको रेकर्ड छ। यसपल्ट हामी चाहन्छौं–शेरबहादुर जीको त्यो खराव रेकर्ड नदोहोरियोस्।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका