काठमाडौँ, २९ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खटिने निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि आजदेखि अभिमुखीकरण तालिम संचालन गर्दै छ ।
आयोगले वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा अभिमुखीकरण तालिम दिन लागेको हो । तालिममा ७ सय ५३ जना निर्वाचन अधिकृत तथा ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुख सहभागी हुनेछन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन २०७९ वैशाख १ गतेदेखि दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ समेत प्रकाशन गर्ने जनाएको छ ।