माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा अदालतबाटै ढिलासुस्ती

काठमाडौँ, २९ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दा र एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर मुद्दामा सर्वोच्च अदालतबाटै ढिलासुस्ती भएको छ ।

एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतमा प्रश्न उठाउँदै रिट दायर गरेको थियो । सो रिटलाई सर्वोच्च अदालतले सामान्य हिसाबको मुद्दाको सूचीमा राखेर हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ । जसका कारण नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकतासम्बन्धी मुद्दाको सुनुवाइ लामो समयदेखि हुन सकेको छैन । पटक–पटक मुद्दाको पेसी तोकिए पनि नेपालको दलको वैधानिकतासम्बन्धी रिटमा सुनुवाइ हुन सकेको छैन ।

२७ चैतमा सो मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, सोही दिन सरकारले रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएपछि अर्को सुनुवाइ आगामी १९ वैशाखका लागि तोकिएको छ । अदालतले सुनुवाइका लागि तोकेको मितिमा हुन नसकेपछि अब सो मुद्दा नियमित सुनुवाइमा जाने भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्दै अमेरिकी सहायकमन्त्री नेपाल आउँदा

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021