केही मानिसको सन्कीपनले देशको नीतिहरु भाँडिए : योगेश भट्टराई

काठमाडौँ, २८ चैत । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् ।

आज काठमाडौँमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन् । केही मानिसहरुको अर्ग्ल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरुको सञ्चिति छैन, घटिरहेको छ । चिन्ता व्यक्त भइरहेको छ । किनभने हामीले ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौँ ।’

नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए । उनले भने, ‘आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरु पढ्नको लागि विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौँ ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको बैठक ११ बजेदेखि सुरु भएको छ  । प्रत्यक्षप्रसारण (LIVE)

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021