झापा, २८ चैत । झापाको बिर्तामोड नगरपालिका-२ स्थित रामचोकमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६ख ६४५५ न. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा१५प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बिर्तामोड-२ का २९ वर्षीय सम्यम बजगाईंको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल बजगाईं गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।