काठमाडौँ, २८ चैत । सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।
बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबण्डाको भने टुंगो लगाइसकेको छैन ।