मकवानपुर, २७ चैत । ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरका अनुसार पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राप्ती नगरपालिका-१ बस्ने ११ वर्षीय सरोज तामाङ, २५ वर्षीय सूर्यबहादुर स्याङ्गो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र २४ वर्षीय एबीलाल तामाङ रहेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।