काठमाडौँ, २७ चैत । काठमाडौँको शंखरापुर नगरपालिका-१ नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मेलम्चीबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ६३७९ नम्बरको टिपर शनिबार राति पौने १० बजे दुर्घटना हुँदा सोही टिपरका सहचालक २० वषर्ीय किरण बास्कोटाको मृत्यु भएको हो ।
धादिङको थाक्रे गाउँपालिका-७ घर भएका बास्कोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको छ ।