काठमाडौँ, २६ चैत । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।
काज सरुवासँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् । कार्यालयका अनुसार शुक्रबार उनीहरुलाई आवश्यकता अनुसार काजमा खटाउने निर्णय गरेको हो ।

