१५ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक, ३ फागुन । जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ । 

उनी गत माघ २८ गते १५ वर्षपछि  साँगाचोक बजारबाट पक्राउ परेका  हुन् । प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  दक्षकुमार बस्नेतका अनुसार २०६३ साल वैशाख १९ गते साविक ठूलो सिरुवारी वडा नं १, हाल चौतारा साँगाचोकगढी नगरपालिका– १३ स्थित सल्लाघारी जङ्गलमा नाबालिका छोरीलाई जबरर्जस्ती करणी गरी दुलाल फरार भएका थिए ।

 जिल्ला अदालतको सोमबारको आदेशले पूर्पक्षको लागि उनीलाई जिल्ला कारागार चौतारा चलान  गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक