लागु औषधसहित एक जना पक्राउ

वीरगञ्ज, ३ फागुन । वीरगञ्जबाट लागु औषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ्ग टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोकस्थित सडक खण्डमा भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा-१४ बस्ने २२ वर्षीय जगतकुमार कुशवाहालाई पक्राउ गरेको हो  ।

शंकास्पदरूपमा पैदल हिंडिरहेका कुशवाहाले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागु औषध एनुर्फिन, डाइजीपाम र फेनारगन एक/एक सय एम्पुल गरी जम्मा तीन सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।