देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौँ, ३ फागुन । एमसीसीबारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ ।

स्रोतका अनुसार आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी अनुमोदन र प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको थियो ।

नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल भएको स्रोतको भनाइ छ । सो भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक