नेता बस्नेतको नजरमा प्रधानन्यायाधिसविरुद्धको महाअभियोगका ७ षड्यन्त्र: एमालेले पुरा हुन नदिने

काठमाडौँ, २ फागुन । नेकपा एमालेको पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनका दलले लगाएको महाअभियोगको सात वटा षड्यन्त्रहरु रहेको दावी गर्नुभएको छ ।

हिजो कांग्रेस, माओवादी केन्द्र तथा नेकपा समाजवादी पार्टीका सांसदहरुले प्रधानन्यायाधिस जवराविरुद्ध महाअभियोग दर्ता गराएका छन् । महाअभियोग दर्ता भएसँगै जबराविरुद्ध वहिर्गमन हुने वा नहुने भन्ने संवैधानिक प्रकृया अगाडी बढेको छ । उक्त प्रकृया अगाडी बढेसँगै नेता बस्नेतले प्रधानन्यायाधिस जबराविरुद्ध ७ वटा षड्यन्त्रहरु रहेको दावी गर्नुभयो ।

नेता बस्नेतले सत्ता गठबन्धनले जनयुद्ध दिवसको दिन न्यायलय र जनता बिरुद्ध युद्धको घोषणा गरेको आरोप लगाउनुभयो । महाअभियोग लगाउनु चुनाव सार्ने रणनीतिको साथ साथै सभामुख अग्नी सापकोटाविरुद्धको हत्याको मुद्धालाई जोगाउने गंभिर षड्यन्त्र गरेको नेता बस्नेतको दावी रहेको छ । त्यस्तै एमसीसीलाई चोरबाटोबाट पास गराउने खेल खेलिएको उल्लेख गर्दै नेता बस्नेतले चोरबाटोबाट गरिने सवै प्रकारका षड्यन्त्रहरुलाई एमालेले असफल बनाउने चेतावनी दिनुयभो ।

उहाले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘प्रधानन्यायाधिश माथिको महाअभियोगको षडयन्त्र ! (कथित जनयुद्ध दिवसको दिन न्यायलय र जनता बिरुद्ध युद्धको घोषणा )

१) एमालेको मानो खाएर एमाले सक्ने कसम खाएका १४ जना सांसदहरुको पद जोगाउने ।

२) अर्जुन लामा हत्या अभियोग लागेका र संसद चलाउन असफल सभामुखको पद जोगाउने ।

३) घोषित स्थानीय निर्वाचनको परिणामबाट डराएका माकुने र प्रचण्डको डिजाइन अनुसार चुनावको मिति सार्ने ।

४) जन बिरोधी र एमाले बिरोधी असैद्धान्तिक गठबन्धन कायम राख्ने।

५) अमेरिकी सहयोग परियोजना MCC चोर बाटोबाट पास गराउने। माकुने र प्रचण्डको पार्टी बोक्सी र धामीको भूमिका एकैपटक देखाउने ।

६) अदालत र न्यायलयको सेटिङ कायम गर्ने र जन बिरोधी र एमाले बिरोधी षडयन्त्र कायम राख्ने ।

७) हेक्का होस् यो धर्तीमा एमाले छ षडयन्त्र पुराहुन दिने छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ माघ । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली

एजेन्सी, २७ माघ । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले

एजेन्सी, २६ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको

इस्लामाबाद, २६ माघ । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन