सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक बस्दै

काठमाडौँ, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, संसद् र पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । यद्यपी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी हुनेरनहुने निश्चित भइसकेको छैन ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदले आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ। यसैबीच सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक