एमाले संसदीय दलको बैठक बस्दै : महत्वपूर्ण निर्णय गर्ने

काठमाडौँ, २ फागुन । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।

आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले महाअभियोग असफल पार्ने बताइसकेको छ । त्यसका लागि संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई आवश्यक निर्देशन दिने र अन्य महत्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् ।

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि