काठमाडौँ, २ फागुन । आज पनि मौसम सामान्यतया सफा नै हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेको छ । तर हुस्सु हटेर दिउँसाे घाम लाग्ने छ ।
पहाडी क्षेत्रका एक/दुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने । तर, भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।
विशेषगरी उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको अनुमान गरिएको महाशाखाले जनाएको छ ।