काठमाडौँ, १ माघ । व्यवसायी आनन्द बतासको कम्पनी होटेल आनन्द प्रा.लि.ले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर हालेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नरिश्चर भण्डारीको एक इजलासले आइतबार दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय लिइने भनेको छ । त्यसका लागि उच्च अदालतले फागुन ९ गते दुवै पक्षलाई बोलाएको छ ।
अन्तरिम आदेशको टुंगो नलागेसम्म ०७६ वैशाख ३० गतेको सम्झौताअनुसार होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै अवरोध सिर्जना नगर्न भनी विपक्षीहरूलाई भनिएको छ ।