१०० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ, १ माघ । आज नेप्से परिसूचक १०० अंकले घटेको छ ।

आज १०२ वटा कम्पनीको सेयर कारोबारमा आउँदा १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । समग्रमा ३.६१ प्रतिशतले घटेको बजारमा परिसूचक १०० दशमलव ६७ अंकले घटेर दुई हजार ७ सय दशमलव ८९ अंकमा झरेको छ ।

आज दोस्रो बजारमा ८१ हजार ८३७ कारोबारमार्फत एक करोड १६ लाख ६१ हजार ५३९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ९७ करोड ७२ लाख हाराहारी रह्यो ।

आज बजारबाट धेरै गुमाउनेमा माथिल्लो तामाकोशी जलविद्युत र नारायाणी विकास बैंकका लगानीकर्ता छन् । यी दुई कम्पनीको सेयर मूल्य आइतबार ८ प्रतिशत भन्दा बढीले घटेको थियो । समग्र बजारमा आइतबार जलविद्युत र लगानी उपसमूहको सेयर पाँच प्रतिशत भन्दा बढीले ओरोलो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक