प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे एमालेलाई जानकारी छैन: उपाध्यक्ष नेम्वाङ

काठमाडौँ, १ फागुन । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे कुनै जानकारी नभएको बताउनुभएको छ ।

पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङले महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको बताउनुभयो । महाअभियोगबारे निर्णय लिन पार्टीमा छलफलको तयारी भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम गर्छ । भयो ९महाअभियोग दर्ता भयो० भन्ने भर्खर थाहा पायौं’ । छलफल गर्छौं । सांसदहरु प्रदेशहरूको कार्यक्रममा छन् । सबैलाई खबर गरिसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । शिक्षकहरू चढेको बस झापामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  प्रहरीका अनुसार काठमाडौँबाट झापा

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय महिला महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको दुई वर्षे कार्यप्रगति विवरण सार्वजनिक गरिएको छ ।

झापा, १३ बैशाख । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई

काठमाडौँ, १३ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।