देउवा, प्रचण्ड र नेपालबीचको भेटवार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी र स्थानीय चुनावका साथै संसद बैठकका विषयमा छलफल भएको बताइएको छ । एमसीसी परियोजना बारेको सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए । तर, नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेका थिए । एमसीसीसम्बन्धी विषय जटिल भइरहेका बेला तीन नेताबीच छलफल भएको हो । कांग्रेस एमसीसीलाई संसदमा छलफल गरेर अनुमोदन गर्नुपर्ने पक्षमा छ भने माओवादी र नेकपा समाजवादी एमसीसी संशोधन गरेर अघि बढाउनुपर्ने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप