सभामुखको हस्तक्षेपले राज्य व्यवस्था समितिको बैठक रोकियो

काठमाडौँ, २९ माघ । सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपपछि सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको खुलासा भएको छ ।  

शुक्रवार ११ः०० बजेका लागि बोलाइएको बैठक सभामुखको हस्तक्षेपका कारण रोकिएको काँग्रेसको आरोप छ । मुलुकको सुरक्षा व्यवस्था, सार्वजनिक प्रशासन, स्वच्छ निर्वाचन, संवैधानिक आयोगहरूको प्रभावकारिता तथा शान्ति प्रक्रियासँग सम्बन्धित निकायका क्रियाकलापहरूलाई संसदीय निगरानी गर्ने राज्य व्यवस्था समिति अहिले सभापति विहीन अवस्थामा रहेको छ ।

माओवादीको भागमा परेको समितिको सभापति शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेसँगै सभापति खाली भएपछि गत बुधवारको बैठकले ज्येष्ठताका आधारमा काँग्रेस सांसद देवेन्द्रराज कँडेलले अध्यक्षता गर्ने गरी शुक्रवारको लागि बैठक बोलाइएको थियो । बुधवारको बैठकबाट ज्येष्ठ सदस्यको नाताले देवेन्द्रराज कँडेललाई सभापति चयन गरिएको जसपा सांसद राजकिशोर यादवले बताउनुभयो । वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने तय भएको बैठकमा सहभागी हुनका लागि समितिकी सचिव बविता मिश्रले पत्रसमेत लेख्नुभएको थियो,  तर सभामुख सापकोटाले हस्तक्षेप गर्दा बैठक रोकिएको आशङ्का काँग्रेसले गरेको छ । 

समिति माओवादीको भागमा रहेका भए पनि कतै काँग्रेसको हातमा जाने त होइन भन्ने त्रासमा सभामुखले बैठकमा हस्तक्षेप गरेको काँग्रेसका एक सांसदले बताउनुभयो । सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र बहुमतप्राप्त सदस्य सभापति निर्वाचित हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा