झापा, २९ माघ झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको छ ।
झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको छ । निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।