काठमाडौँ, २८ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २६५ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २०३ जना, ललितपुरमा ४५ र भक्तपुरमा १७ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ४३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।