काठमाडौँ, २८ माघ । थप ११ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७२ हजार १ सय ४१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ४ सय ४१ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २२ सय १५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ३२ हजार ८ सय २२ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय ७८ जना पुगेको छ ।