जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु

दाङ, २८ माघ । दाङको तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराति भएको आलगागीमा पाँचजनाको मृत्यु भएको हो ।

प्रहरीले चार पुरूष र एक बालिकाको शव निकालेको छ । शव अस्पताल पठाइएको छ । मृतकहरुको पहिचान भइसकेको छैन मृत्यु हुनेमा १० वर्षीय एक बालक, १५ वर्षका दुई बालक र एक बालिका तथा करिब ५५ वर्षीय एक पुरुष छन् । 

आगो कम भएपछि साढे ७ बजे शव निकालिएको हो । घरको तेस्रो तलाबाट तीनजना र चौथो तलाबाट दुईजनाकाे शव निकालिएको हो ।पाँचैजनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन