पशुपतिनाथको मन्दिर आजबाट खुल्यो

काठमाडौँ, २८ माघ । पशुपतिनाथको मन्दिर आजबाट खुलेको छ । आजबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँको २०७८/१०/२३ मा जारी आदेश अनुसार आजबाट मन्दिर खुला गरिएको कोषले स्पष्ट पारेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ । 

एक पटकमा ५० जनाभन्दा धेरै भने मन्दिरमा प्रवेश गर्न पाउने छैनन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने