आयुक्त खतिवडाको नेतृत्वमा वीर तथा पाटन अस्पतालमा अनुगमन

काठमाडौँ, २७ माघ । राष्ट्रिय महिला आयोगका आयुक्त कृष्ण कुमारी खतिवडा र सावित्रा कुमारी शर्मासहितको टोलीले वीर अस्पताल र पाटन अस्पतालमा अनुगमन गर्नुभएको छ ।

आयोगका सदस्य द्वय खतिवडा तथा शर्मासहितको टोलीले काठमाडौँको वीर अस्पताल र र ललितपुर जिल्ला स्थित पाटन अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को आज अनुगमन गरेको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले लैंगिक हिंसामा परेका पीडित बालबालिका, किशोरी तथा महिलाहरुलाई एकै ठाउँबाट स्वास्थ्य उपचार, कानुनी उपचार, मनोसामाजिक परामर्श, सुरक्षा, सुरक्षित आवास र पुर्नस्थापनाको उद्देश्यले एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कार्यक्रम शुरुवात गरेको हो ।

आयोगमा पदाधिकारीरूको आगमन पश्चात् तिनको प्रभावकारिता, सञ्चालनका क्रममा भोगिएका समस्या, राष्ट्रिय महिला आयोग एवं सरकारप्रति सम्बन्धित अस्पतालका अपेक्षा तथा सुझाव बारे बुझ्न विभिन्न जिल्लाका ओसिएमसी सेवा सञ्चालित अस्पतालहरूमा आयोगद्वारा गरिने अनुगमन कार्यले तिव्रता दिइएको आयुक्त अतिवडाले जानकारी दिनुभयो ।

यसै सन्दर्भमा आयुक्तसहितको टोलीले वीर अस्पताल तथा पाटन अस्पताल अनुगमन गरी उक्त निकायका सरोकारवाला जिम्मेवार पदाधिकारीहरूसँग भेटी ओसिएमसीका सञ्चालनका विविध सवालमा केन्द्रित रहि अनुगमन तथा छलफल गरेको छ । विषय केन्द्रित रहि गरिएको छलफलका क्रममा आएका फरक फरक अनुभव, विचार, सुझाव आयोगका लागि मननीय देखिएको आयुक्त खतिवडाले बताउनुभयो । ओसिएमसीका विचार तथा सुझावलाई आयोगले आगामी दिनमा महिलाको पक्षमा काम गर्दा विशेष ध्यान दिई अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका