एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसीमा अहिले देखिएको अन्योल हटाएर अनुमोदनको लागि संसदमा पेस गर्नुपर्ने निचोड निकालेको हो । पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले एमसीसीबारे अहिले देखिएको अन्यौल समाप्त गरेर संसदीय प्रक्रिया अघि बढाउनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. महतले पार्टीलाई स्थानीय तह निर्वाचनतर्फ केन्द्रीत गर्ने विषयमा छलफल भएको भन्दै स्थानीय तह निर्वाचनमा सशक्त ढंगमा प्रस्तुत हुने निचोड निकालेको जानकारी दिनुभयो । बैठक शुक्रबार दिउँसो २ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले