हत्याको आरोपमा दम्पती पक्राउ

काठमाडौँ, २७ माघ । गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीको हत्यामा राजु साह भनिने मञ्जुर आलम देवानसँगै उनकी श्रीमतीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । आलम र श्रीमती मिलेर चौधरीको हत्या गरी शवलाई सडक किनारामा लगी फालिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विजयको साथमा रहेको २० लाख रुपैयाँ लुटपाट गर्ने उद्देश्यले विजयको हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा