४७ समूहमा पर्ने वस्तुको आयातमा राष्ट्र बैंकको कडाइ

काठमाडौँ, २७ माघ । नेपाल राष्ट्र बैंकले सक्खर, चिनी, चुइगम, मिनरल वाटर, बियर, चुरोट, खैनी, रक्सी, कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ ।

केन्द्रीय बैंकले बुधवार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो । विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न सर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र (एलसी) खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा ब्याज प्रदान गर्न नपाइने गरी पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण