सात दिन भित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको अल्टिमेटम

काठमाडौँ, १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म पनि रोयल्टी नबुझाउने पाँच क्यासिनोहरुलाई एक हप्ताभित्र रोयल्टी बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै काठमाण्डौमा रहेका होटल याक एण्ड यति, ओरियन्टल होटल्स (र्यारडिसन होटल), रक इन्टरनेशनल, ह्याप्पी आवर तथा सेन्ट्रल मिडिया प्रालीले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न र नगरेमा कारबाही गरिने चेतावनी दिएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्मको वक्यौता होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटलले १८ करोड ७६ लाख रुपैयाँ, रक इन्टरनेशनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ, ह्याप्पी आवर प्रालीले २१ करोड ५५ लाख रुपैयाँ तथा सेन्ट्रल मिडिया प्रालीले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ ।

गएको कात्तिक सात गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सात दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021