झापा, १९ माघ । झापाको बिर्तामोड नगरपालिका–५ को पञ्चकन्या चोकबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनी झापाका अनुसार २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र दुई थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।